काठमाण्डौँको सनसिटी अपार्टमेन्टबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1473 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, बैशाख २ ।

पेप्सीकोलास्थित रहेको सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।


उनीहरु मध्ये दुई जना छोरा र बुहारीको रिपोर्ट भने आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक आमाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए ।

र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन भने अन्य नागरिक तथा आफन्तलाई पनि भेट्न समेत दिएको छैन । यो संगै नेपालमा कोरोना संक्रमणको संख्या १६ पुगेको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार