भारतको मध्य प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक डाक्टरको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  638 पटक हेरिएको

vision-online-advertise

भारत, चैत २७ ।

भारतको मध्य प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।


बिहीबार बिहान उनको मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो । यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डाक्टरको मृत्युको समाचारसँगै प्रशासनले स्वास्थ्यकर्मीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ । कोरोना भाइरसको उपचार गराइरहेका धेरै डाक्टर अहिले आफ्नो परिवारलाई संक्रमण हुने आशंकाले घर जान सकिरहेका छैनन् ।

पछिल्लो समय नयाँ संक्रमितको संख्या बढेसँगै मध्यप्रदेशको धेरै स्थानलाई पूर्ण रुपमा बन्द गरिएको छ । प्रदेश सरकारले लकडाउन खुलेपछि पनि प्रदेशको सपिङ मल, धार्मिक स्थल र स्कुल कलेज एक महिना बन्द गर्न सक्ने बताइएको छ ।

भारतमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार