काठमाण्डौँ, चैत्र २५ ।
रुस र युक्रेन युद्ध बिश्व युद्धमा परिणत हुने बिषयले बिश्व त्रसित रहेको अबस्था छ । बिश्व राजनितिमा रुस र युक्रेन युद्धले अन्तराष्ट्रिय राजनिति बिश्व युद्ध तर्फ बढेको देख्न सकिन्छ । स्पेस एक्सका संचालक एलन मक्सले समेत रुस र युक्रेन युद्ध अब बिश्व युद्धमा परिणत हुने र सो युद्ध भयानकका साथसाथै न्युक्लियर युद्ध नजिक रहेको बताएका छन । अमेरिकि बिदेशमन्त्रि एन्टाृनि ब्लिन्कनले युक्रेनलाई नाटोमा सामेल गराउन अन्तिम तयारी भईरहेको बताएसँगै एनलमक्सले सो कुरा बताएका हुन । हाल रुस र युक्रेन युद्ध चलिरहेको र उक्त जटिल समयमा युक्रेनलाई नाटोमा सामेल गराउदा घातल हुने नाटोमा सामेल राष्ट्रहरुले समेत बताउदै आएका छन ।
हालै पछिल्लो समय युक्रेनले रुसको ४ एयरबेसमा ड्रोन आक्रमण गरी रुसलाई ठुलो चोट दिएको अबस्था छ । रुसका राष्ट्रपतिले समेत उक्त हमला युक्रेनले नभई नाटो शक्तिको संलग्नतामा भएकोले यसको छिटै प्रतिसोध लिने जनाउ गरिसकेको अबस्था छ । उक्त आक्रमणमा रुसका १९ फाईटर प्लेन नष्ट गरि रुसलाई ठुलो चोट दिएको छ । १०० भन्दा बढी ड्रोन र फाईटर प्लेनले एक साथ गरिएको आक्रमणमा रुसको १९ फाईटर प्लेन नष्ट भएको हो । २ बर्षदेखि जारी रुस र युक्रेन युद्धले हाल भयानक मोड लिएको छ । युक्रेन हालसम्म अमेरिका लगायत नाटोको सहयोगमा रुससँग युद्ध लडिरहेको अबस्था छ । युद्ध रुस युक्रेनको भएपनि यस युद्धलाई नाटो भर्सेस रुस युद्धको रुपमा लिदा पनि खासै फरक नपर्ने देखिन्छ । हालसम्म रुस युक्रेन युद्धमा युक्रेन भित्र ठुलो मात्रामा धनजनको क्षति भएको छ भने हालसम्म रुसले युक्रेनको २५ प्रतिशत भूभाग कब्जा गरिसकेको छ ।
रुस युक्रेन युद्धमा रुसलाई पनि ठुलो क्षति भएको छ । हालसम्मको युद्धमा रुसको कयौँ फाईटल प्लेन, समरिन, युद्धपोत, आर्मी हेलिकप्टर, युद्धपोत र ठुलो मात्रामा सेनाको समेत क्षति भईसकेको अबस्था छ । युक्रेन रुससँग युद्ध लड्न असक्षम भएपनि युक्रेनलाई अमेरिका सहित नाटो देशको पुर्ण साथ सहयोग पाईरहेको छ । अमेरिकाले मात्र युक्रेनलाई खरबौ मात्रामा हतियार लगायत सैन्य सहायता दिईसकेको छ । रुस युक्रेनको ओडेसा र पुर्वी निप्रो नदिसम्मको भूभागलाई कब्जा गरी युक्रेनलाई समुन्द्रसँगको कनेक्सनलाई काटि भूपरिबेष्टित राष्ट्रमा परिणत गरि आफुमा निर्भर गर्न बाध्य पार्ने रणनितिमा युद्ध लडिरहेको छ भने अमेरिका, नाटो र युक्रेन भने रुसको कब्जामा रहेको युक्रेनको क्रिमियामा आक्रमण गरि कब्जा गर्ने रणनितिमा युक्रेनमा नाटो हतियार, एफ–१६ फाईटर प्लेन, लङ्ग रेन्च मिसाईल सहित सेना उतार्ने अन्तिम तयारीमा रहेको छ । नाटोमा सम्मिलित राष्ट्र फ्रान्सका राष्ट्रपतिले समेत युक्रेनमा आफ्नो सेना उतार्ने बताईसकेको छ भने रुसका राष्ट्रपति पुटिनले युक्रेनमा नाटो सेना उर्तिएको खण्डमा न्युक्लियर हमला गर्ने संकेत दिईसकेको छ । रुसले फ्रान्सका राष्ट्रपतिको बयान पछि रुस पनि न्युक्लियर हमलाका लागि आफ्ना न्युक्लियर फोर्सलाई हाईअलर्ट मोडमा राखिसकेको छ । रुसले नाटोलाई काउण्टर गर्नको लागि रेड सि, काला सागर, आर्किटेक, क्यास्पियन सागर, बाल्टिक सागरमा समेत आफ्ना न्युक्लियर हतियार सहित युद्धपोत र समबरिन परिचालन गरिसकेको अबस्था छ ।
बिश्वयुद्धका दास्रो केन्द्र मिडलईष्टमा ईजरायल र गाजा युद्ध हो । ईजरायलले गाजा युद्धमा पछिल्लो समय ईरानका काउन्सेलेट अफिसमा आक्रमण गरि ईरानका हाई र्याङ्क अफिसरको हत्या पछि ईरान ईजरायकसँग प्रतिसोध लिने तयारी सहित युद्धको तयारीमा रहेको छ । ईजरायल र ईरान दुबै देश युद्धको तयारीमा रहेकोले मिडलईष्टमा पनि युद्ध भड्किने अबस्थामा रहेको छ भने अमेरिकाले पनि ईरानको हमलालाई असफल बनाउनको लागि मिडलईष्टमा आफ्नो एअरडिफेन्स सिस्टम परिचालन गरिरहेको छ । यस्तै अमेरिकाद्धारा सिरियामा अमेरिकन एयर डिफेन्स सिस्टम परिचालन गरिसकेको छ ।