जापान, चैत्र १५।
प्रदेश ३ अन्तर्गत धादिङ जिल्लाका विभिन्न स्थानहरुबाट जापान आई, अध्ययन तथा विभिन्न पेशा व्यवसायहरुमा आवद्द रहेका धादिङेहरुको साझा संस्था धादिङ समाज जापानको चौथों अधिवेशन औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । जापानको टोक्यो शहरमा मार्च २८ तारिख आइतबार अनलाईन तथा भौतिकरुपमा दुवै माध्यमबाट सहभागीहरु रहने गरी सम्पन्न भएको अधिवेशनले दिनेश लोहनीको अध्यक्षतामा सर्वसम्मतीमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्ष दिनेश लोहनी,वरिष्ठ उपाध्यक्षमा श्यामहरी तिम्सिना,उपाध्यक्षमा राम सिमखडा र सन्तोष तिवारी,महिला उपाध्यक्ष सुजाता दुवाडी, महासिचबमा बिमल श्रेष्ठ,सचिवमा बिजय सडौला र प्रल्हाद अधिकारी,कोषाध्यक्ष बिष्णु कुमार श्रेष्ठ,सह–कोषाध्यक्ष राम बाबु दनाई चयन भएका छन् । सदस्यहरुमा शुसान्त बानियाँ, बद्री खनाल, पुष्पक अर्याल, दिनेश पण्डित , कृष्ण मगर, दिपक बिष्ट , गोकर्ण रुपाखेती, शुवास पाण्डे, राजेश्वर बस्नेत, ध्रुब भट्टराई, मदन कोईराला, बद्री पाण्डे चयन भएका छन् ।
यसका अलवा संस्थाले विधानमा रहि केहि सदस्यहरु थप गर्ने जनाएको छ । अधिवेशन समारोहमा नेपाली राजदुतावास, पत्रकार महासंघ जापान, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय तथा गैरआवासीय नेपाली संघ जापान एवं जापानमा कृयाशिल विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । यस अघि सन २०१६ बाट हालसम्म कार्यकाल कृष्ण खनालाले संस्थाको अध्यक्षता गरेका थिए ।