काठमाण्डौँ, चैत्र ११ ।
नेपालस्थित जापानी राजदुताबासले जापान प्रबेशमा थप कडाई गरेको छ । मङ्गलबार एक सुचना जारी गर्दै केहि प्रक्रिया पुरा गरेमा मात्र जापान प्रबेश गर्न पाईने भएको छ । जापान प्रबेशको लागि बिदेशी नागरिकहरु पुन प्रबेशको अनुमति पाएका ब्यक्ति बाहेक ले भिसाको लागि आबेदन दिनुपर्ने उल्लेख गरिएको छ । कोरोना भाईरसको संक्रमण पुनः बढ्न थालेपछि जापान प्रबेशमा थप कढडाई गरिएको हो ।
राजदुताबासले यहि मार्च २३ गते जारी गरेको सुचनाको आधारमा जापान प्रबेशको लागि काठमाण्डौँ स्थित भिएफएस ग्लोबलमा भिसा आबेदन दिनुपर्ने उल्लेख गरिएको छ । यदि तपाई जापान आउन चाहानुहुन्छ भने काठमाण्डौँ स्थित भिएफएस कार्यालयमा सम्पर्क गर्नुहोला ।
१. २०२० अगस्त ३१ भन्दा अगाडी री–ईन्ट्रि परमिट लिएर नेपाल जानु भएका नेपालीहरु, जो कोभिडको कारणले गर्दा आफ्नो भिसाको अबधि सकिसकेको र जापान फर्कन नपाएका ब्यक्तिहरुले जापानबाट फेरी नयाँ COE प्राप्त गरि भिएफएस ग्लोबल काठमाण्डौँमा सम्पर्क गर्नुहोला ।
२. पर्मानेन्ट रेसिडेन्ट/जापनिज नागरिकको Spouse या बच्चाको हकमा भने नयाँ COE वा जापानको सिटि अफिसबाट परिवारको दर्ता सर्टिफिकेट/रेसिडेन्ट कार्डको कपि जम्मा गरि भिएफएस थ्लोबलमा सम्पर्क गर्नुहोला ।
३. लामो अबधिको भिषा लिएर जापानमा बसोबास गर्दै आउनुभएको तर कारणबस आफ्नो या बच्चा नेपालमानै रहनुपरेको भएमा तेस्ता ब्यक्तिहरुले COE प्राप्त गरि भिएफएस काठमाण्डौँमा सम्पर्क गर्नुहोला ।
जापान सरकारद्धारा कोरोना भाईरस नियन्त्रणको लागि बिभिन्न उपायहरु सम्बन्धी थप जानकारीको लागि जापान सरकारको स्वास्थ्य मन्त्रालयको https://www.mofa.go.jp/ca/fna/page4e_001053.html वेबपेजबाट लिन सकिन्छ । जापान सरकारले कोभिड १९ रोकथामको कारणले बिदेशीहरुको नयाँ भिषा आवेदनहरु हाललाई स्थगित गरिएको छ ।