बलात्कारका आरोपी पल शाहलाई थप अनुसन्धानका लागि गैंडाकोट लगियो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  213 पटक हेरिएको

काठमाडौं, फागुन २४ ।  

एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ । जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्‍याइएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् ।

शाहविरुद्ध गत फागुन १६ गते गैंडाकोटमा पीडित किशोरीले जाहेरी दिएकी थिइन् । उनलाई केही दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक खनालले बताइन् । गैंडाकोटमा निजको अनुसन्धान सकीएपछी पुन तनहु पठाउने गैडाकोट प्रहरीले जनाएको छ । निज शाहको समय समयमा स्वास्थ्य जाँच गरीरहेको र निजको स्वास्थ्य अबस्था पनी ठीक रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार