ईरानद्धारा ईजरायलमाथि एक साथ ४०० मिसाई आक्रमण, मिडलईष्ट युएस बेसमा पनि मिसाईल हमला

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  64 पटक हेरिएको

काठमाण्डौँ, फागुन १६ ।

ईरानद्धारा अमेरिका र ईजरायलद्धारा गरिएको हमलाको जबाफ दिदै अमेरिकाका सबै मिडिलईष्ट बेस माथिएकसाथ मिसाईल हमला गरिएको छ । ईरानको हमलाद्धारा अमेरिकि बेसमा ठुलो क्षति भएको आकलन गरिएको छ । ईरानको जबाफी हमलाको जगमा आएका युएई, कतार, बहराईन, साउदी अरब, ईजिप्ट, ईराकमा रहेको अमेरिकि बेस माथि मिसाईल हमला गरेको हो । ईरानका राष्ट्रपतिले पहिले नै स्पष्ट पारेका थिए ईरानमाथि हमला मिडलईष्टको बिनास हुनेछ । सोही अनुसार जबाफी हमला गरेका हुन ।

ईरानद्धारा ईजरायल माथि पनि ठुलो जबाफी हमला गरेको छ । ईजरायल माथि एक साथ ४०० ब्यालेष्टिक मिसायलद्धारा हमला गरेको जनाएको छ । उक्त हमलामा ईजरायलमा भारी नोक्सान भएको हाकलन गरिएको छ । ईजरायलमा आज बिहान ९ बजेदेखि लगातार साईरन बजिरहेको जनाएको छ ।

मिडलईष्टमा एक मात्र देश ईरान हो जुन अमेरिकाको गुलाम भन्न चाहेन र आज आफ्नो स्वाभिमानको लडाई लडिरहेको छ । जसलाई चिन, रुस र उत्तर कोरियाले सैन्य सहायता गरिरहेको छ । मिडलईष्टका अधिकांश देशमा अमेरिका बेस स्थापना गरि त्यहिबाट ईरानमाथि आक्रमण गरिरहेका छन । जुन स्वाधिन, स्वाभिमानी र सार्वभौम देशको लागि स्वीकार्य छैन ।

ईरान पनि हाल गर या मरको स्थितिमा रहेको छ । अमेरिका र ईजरायलको ठुलो शक्तिसँग युद्ध लड्न ईरानलाई सहज र शक्तिले असम्भब जस्तै छ । तरपनि ईरानद्धारा अमेरिकि र ईजरायललाई ड्लो मात्रामा जबाफी हमला गरिरहेको अबस्थामा यस पटक ईराक कि आफु सकिने कि अरुलाई सिध्याउने रणनितिका साथ युद्ध लडेको आकलन गर्न सकिन्छ । ईरानद्धारा मिडलईष्टका सबै अमेरिकि बेसमा सफलता पुर्वक मिसाईल आक्रमण गर्न सफल भएका छन । साथै कतारमाथिको मिसाईल आक्रमणमा एक भारतिय नागरिकको निधन भएको जनाएको छ ।

सम्बन्धित समाचार यो पनि अध्ययन गर्नुस ।

नेपाल सरकारद्धारा ईरान ईजरायल भ्रमण नगर्न एडभाईजरी जारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार