काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  519 पटक हेरिएको

काठमाडौँ , भदौ १५ ।  

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए ‍। त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले जनाएका हुन् ।

सञ्चार विज्ञ बाँस्तोलाले भने, ‘उहाँमा कुनै लक्षण छैन । अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ । आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गर्नुभएको छ ।’

मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको बाँस्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार