चितवन-२ बाट भारी मतान्तर सहित रास्वपाका सभापति लामिछाने निर्वाचित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  123 पटक हेरिएको

चितवन, वैशाख १२ । 

आइतबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित पुनःविजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा झन बढ़ी मत सहित विजयी भएका हुन ।

अन्तिम मत परिणाममा लामिछानेले ५४१७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाएका छन्।  उनीहरूबीचको मतान्तर ४२९६२ छ। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन्।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए। अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो। उनको सांसद पद गुमेका कारण चितवन-२ मा उपनिर्वाचन भएको हो। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले तनहु र चितवनबाट उप-निर्वाचन जितिसकेको छ भने बारामा जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार