झापा, जेठ ७ ।
नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण थपिने क्रम तिब्र रुपमा बढेको छ । यसै क्रममा कपिलबस्तु जिल्लामा ३ वर्षीय छोरी र आमा सहित दिउँसो १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने आज साँझपख झापा, सुनसरी र धनकुटामा गरी पनि थप ७ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका ५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका एक पुरुष र सुनसरीकी एक जना महिला संक्रमित पुष्टी भएको स्रोतले जनाएको छ । धनकुटाका एक पुरुष र धरानका एक महिलालाई कोरोना पुष्टि भएको हो ।
प्रदेश १ का १४ जिल्ला मध्ये हालसम्म ७ वटा जिल्लाका कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । सवैभन्दा धेरै उदयपुरमा ३३ जना, झापामा १७, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३, भोजपुरमा १ र खोटाङमा १ जनामा कोरोना देखिएको हो ।
पछिल्ला दिनमा झापामा र धनकुटामा कोरोना संक्रमितको संख्या बढेको हो । मंगलबारमात्रै झापामा ९ जना र धनकुटामा ५ जनामा कोरोना पुष्टि भएको थियो । यो सगँै प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ भने २५ जना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३४ पुगेको छ ।