उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव घुससहित पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1106 पटक हेरिएको

बुटवल, फागुन १४ ।

उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव घुससहित पक्राउ परेका छन्। नेपाली राजनीतिका उच्च पदस्थ नेता कार्यकर्ताहरू एकपछी अर्को गर्दै भ्रष्टाचारको मुद्दा खेपिरहेको सन्दर्भमा कर्मचारीका उच्च पदस्थ देखी कार्यालय सहयोगी समेत भ्रष्टाचार पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १७ हजार घुससहित पक्राउ गरेको हो।

करारमा कार्यालय सहयोगीको रुपमा नियुक्त भएका उनले मुद्दा मिलाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ। निजलाई पक्राउ गरी अनुसंधान जारी रहेको जनाएको छ ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार