रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ५ का वडा अध्यक्ष श्रवण कुमार यादव घूससहित पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  707 पटक हेरिएको

भैरहवा, फागुन १४ ।

राष्ट्रिय राजनीतिमा भ्रष्टाचारको चर्चा चलीरहेको अबस्था कर्मचारीहरू पनि बारम्बार भ्रष्टाचार मुद्दामा समातिनेक्रम जारी छ । यस्तै आज रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ५ का अध्यक्ष श्रवण कुमार यादव पक्राउ परेका छन् । चार किल्ला सिफारिस गर्न सेवाग्राहीसँग ७० हजार रुपैयाँ घूस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाको टोलीले बुधवार पक्राउ गरेको हो ।

सिफारिस गर्न अध्यक्ष यादवले घुस मागेको भन्ने जानकारी पछि खटिएको आयोगको टोलीले घूस लिँदै गर्दा नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

यादवलाई आयोगले नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार