
जापान, फागुन ९।

जापानमा फेरि अर्की एक नेपाली महिलाको मृत्यु भएको छ । प्राप्त जानकारीका अनुसार जापानको मियाजाकी केनको मियाजाकी शहरमा बस्ने एक श्रेष्ठ थरकी नेपाली युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । घटनालाई थप बुझ्ने तथा आवश्यक संयोजन गर्ने प्रयासमा जुटिरहेका व्यक्तिहरुका अनुसार मृतक महिलाको श्रीमान दिपक नेपालीलाई फोन गरि बुझ्दा, उनले राती आफु निदाएको समयमा आत्महत्या गरेकाले घटना हुँदा आफुले थाहा नपाएको तर पछि थाहा पाउँदा झुण्डिएको अवस्थामा भेटिएको बताएका छन् ।
श्रीमानसंगै बस्दै आएकी मृतक महिला श्रीमानको डिपेन्डेन्ट भिषामा रहेकी थिईन् । अन्तरजातिय प्रेम विवाह गरेका उनिहरुको डेढ महिने सानी छोरी पनि रहेको बुझिन आएको छ । आत्महत्याको कारण पुष्टि भईनसकेपनि पारिवारिक असमझदारी हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे एनआरएनए जापानका क्षेत्रिय पदाधिकारीहरु तथा अन्य संघसंस्थाहरुले संयुक्तरुपमा बुझ्ने प्रयास गरिरहेको बुझिएको छ ।
यस अघि गत १८ तारिख, जापानको नागोया शहरमा, कुकु पेशामा कार्यरत अर्का एक जना नेपाली युवाले पनि आत्महत्या गरेका थिए । निजको जापानमा नै अन्तिम दाहसंकार गरिएको नागोगा क्षेत्रिय संयोजक श्याम सिललेले जनाएको छ ।




835 पटक हेरिएको 
















