प्रधानमन्त्रि देउबा र नेकपा एमाले अध्यक्ष ओलि बिच भेटवार्ता, संसद अबरोध हटाउन र एमसीसी पास गर्न सहयोग गर्न प्रधानमन्त्रिको आग्रह

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  326 पटक हेरिएको

काठमाडौं, पुस २५। 

नेकपा एमालेले निरन्तर संसद अबरोध गर्दै आएपछि एमाले अध्यक्ष ओलिलाई मनाउन सत्ता पक्षका नेताहरु अध्यक्ष ओलिको घरमा धाउन थालेका छन । केहि दिन अघि मात्र नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यक्ष ओलिको घरमा गई संसद अबरोध हटाउन अपिल गरेका थिए अध्यक्ष ओलिले पौडेलको अनुरोध अस्वीकार गरेपछि प्रधानमन्त्रि स्वयम अध्यक्ष ओलिलाई भेट्न बालकोट ओलि निबास गएका हुन । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटका क्रममा संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० सम्झौता अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

बिहीबार मात्र बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि शनिबार प्रधानमन्त्री देउवा, विवक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट, भक्तपुर पुगेका थिए । भेटमा देउवाले संसदको अवरोध खुलाउन र एमसीसी पास गर्न आग्रह गरेका छन् । जवाफमा ओलीले जे कारणले आफूहरुले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन भएको छैन । त्यसैले अवरोध यथावत् रहन्छ भनेका छन् ।

एमसीसीबारे पनि सत्तापक्षले नै औपचारिक रुपमा केही नभनेको ओलीको तर्क छ । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्, ‘हामी त प्रतिपक्षमा छौं, त्यसमा पनि आन्दोलन गरिरहेका छौं । सत्तापक्षले औपचारिक रुपमा नबोलेकाले हामीले केही भनिरहनु परेन ।’ नेकपा एमालेले गत साउन आफूले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै लगातार संसद अवरोध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार