नेकपा माओबादी केन्द्रको अध्यक्षमा प्रचण्ड सर्वसम्मत, पदाधिकारीको चयन नगरी पहिलो बैठक सम्पन्न

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  879 पटक हेरिएको

काठमाडौं, मंसिर १९ ।  

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरकेा थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका थिए ।

अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे । तर नेकपा माओबादी केन्द्रमा अध्यक्ष प्रचण्डको बिकल्पमा अन्य नेताहरू नरहेको प्रतिनिधिहरूको बुझाई रहेको छ । तर आज बसेको नेकपा माओबादी केन्द्रको पहिलो बैठकले पदाधिकारीहरू भने चयन गर्न सकेन । पदाधिकारी मध्ये पनि महासचिब पदको दाबेदारीको संख्या उल्लेख्य भएपछी पदाधिकारी रोकीएको बुझीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार