नेकपाले चयन गर्‍यो राष्ट्रियसभा उम्मेदवार, नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने(नामावलीसहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  750 पटक हेरिएको

काठमाडौं, पुस १८ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी प्रदेश दुईमा राजपासँग चुनावी तालमेल गर्दा नेकपाले दुईजना उम्मेदवार पाएको छ । जसमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ । प्रदेश ३ मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको प्रवक्ता श्रेष्ठले संचारमाध्यमलाई जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । प्रदेश पाँचमा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईको नाम टुंगो लागेको छ । त्यसैगरी कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसी उम्मेदवार बनेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ । पूर्वएमालेले ९ जना र पूर्वमाओवादीले ७ जना उम्मेदवार बनाएको छ । भागबण्डाका आधारमा उम्मेदवार चयन गरिएको छ । यसअघि बिहीबार बेलुका नेकपाका अध्यक्ष ओलीले आफू निकटका मात्रै उम्मेदवार बनाएको भन्दै चर्को विरोध भएपछि बैठक अहिले बिहान साढे ८ बजेसम्मका लागि स्थगित भएको थियो ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार