नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही समयमा, सभामुख र राष्ट्रियसभा उम्मेदवार टुंग्याउने तयारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1162 पटक हेरिएको

काठमाडौं, पुस १८ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान साढे आठ बजे बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यस विषयमा बिहीबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो तर कुनै निष्कर्ष निस्किएन । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी -राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ ।

बिहीबारको बैठकमा सभामुख पदको उम्मेदवार छनोट गर्ने विषयमा छलफल नभएकाले शुक्रबारको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि सभामुख पद रिक्त छ । सभामुख छनोट गर्न नसक्दा संसदको हिउँदे अधिवेशनसमेत प्रभावित भएको छ । सभामुख पदका लागि पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ । तर पार्टीमा भने हालसम्म अधिकारिक छलफल समेतहुन सकेको छैन । पूर्व माओबादीहरू आफ्नो भागमा रहेको सभामुख पद छाड़ने पक्षमा छैन भने प्रधानमन्त्रि ओलि जसरी नि सुभाष नेम्बांगलाई सभामुख बनाएर संसदमा पेश भएको एमसिसिलाई पास गराउने रणनीतिमा लागेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार