काठमाडौं, पुस १८ ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आज सातौँ दिन पनि निरन्तर चलिरह्यो । नेकपा माओबादी केन्द्रको आठौँ महाधिबेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् ।
विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य चुनिनुपर्ने हो । तर प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका हुन् ।
समानुपातिकतर्फको केन्द्रीय सदस्यहरुको सूची हेर्नुहोस्






813 पटक हेरिएको 
















