सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटायो, नयाँ कार्यकारी निर्देशकमा शाक्य नियुक्त

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  352 पटक हेरिएको

काठमाडौँ, चैत्र १२ ।

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।

आगामी साउन २४ मा घिसिङको चारवर्षे कार्यकाल सकिँदै थियो । साढे चार महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई हटाएर सरकारले प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । उर्जामन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच विगत ९ महिनादेखि विवाद थियो । सरकारले घिसिङलाई उनको कार्यसम्पादन, आन्तरिक तथा बाह्य भ्रमणको स्वीकृति, भारतमा विद्युत् आदानप्रदानको सहमति लगायतका विषयमा स्पष्टीकरण सोधेको थियो । घिसिङको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद्ले पदमुक्त गरेको हो ।

मन्त्री खड्काले यसबीचमा चार पटक मन्त्रीस्तरीय निर्णय र एक पटक मन्त्रिपरिषद्बाट अधिकार लिएर घिसिङलाई स्पष्टीकरण सोधेका थिए । पछिल्लो पटक गत फागुन २२ मा ४ वटा बुँदामा सफाइ पेस गर्न पत्र पठाउँदै पदबाट किन नहटाउने भनी प्रश्न गरिएको थियो । घिसिङले भने आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन रु भन्दै सरकारलाई प्रति प्रश्न गरेका थिए ।

स्रोतका अनुसार घिसिङलाई हटाउने प्रस्ताव राख्दा मन्त्रिपरिषद्मा मत बाझिएको थियो । गृहमन्त्री रमेश लेखकले घिसिङलाई हटाउन नहुने बताएका थिए । तर, कांग्रेस नेतृसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भने उर्जा मन्त्री खड्कालाई साथ दिएकी थिइन् । कांग्रेसका बाँकी मन्त्री मौन बस्दा एमालेका अधिकांश मन्त्री पनि खड्काकै पक्षमा उभिएका थिए ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

ऊर्जामन्त्री खड्काप्रति गायिका आस्था राउतको आक्रोश, राम्रो गर्न नसके नराम्रो पनि नगर्नुस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार