काठमांडौ, मंसिर २९ ।

कांग्रेस १४ औ महाधिबेशन अन्तरगत उप सभापतिको मतगणना सम्पन्न भएको छ । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन्। खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन्।
उनीहरूले पाएको मत निर्वाचन समितिले छिट्टै सार्वजनिक गर्दैछ। दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। विजय गच्छदार तेस्रो स्थानमा रहेका छन्।



447 पटक हेरिएको 
















