काठमाडौं, मंसिर २८ ।

नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तरगत सभापतिको दोस्रो चरणको निर्वाचन सम्पन्न भई मतगणना शुरू भएको छ । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।
राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले ५७ मत पाएका छन् भने शेखर कोइरालाले ४२ मत पाएका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि भएको दोस्रो चरणको मतदानमा ४५६२ मत खसेको छ । अब सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।



433 पटक हेरिएको 
















