कांग्रेस सभापतिको दोस्रो चरणको मतगणना जारी प्रारम्भिक चरण मै देउबाको अग्रता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  432 पटक हेरिएको

काठमाडौं, मंसिर २८ ।   

नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तरगत सभापतिको दोस्रो चरणको निर्वाचन सम्पन्न भई मतगणना शुरू भएको छ । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।

राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले ५७ मत पाएका छन् भने शेखर कोइरालाले ४२ मत पाएका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि भएको दोस्रो चरणको मतदानमा ४५६२ मत खसेको छ । अब सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार