
काठमाडौं, भदौ २८ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) को आगामी निर्वाचन प्रतिनिधि विवादका कारण निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।
एनआरएनएको विभिन्न देशका शाखाहरूबाट पठाइएका प्रतिनिधि गैरकानूनी भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछी उक्त उजुरीको आधारमा निर्वाचन सम्बन्धी प्रक्रिया रोक्न निर्देशन दिएको मन्त्रालयद्वारा प्रेसित पत्रमा उल्लेख गरीएको छ । मन्त्रालयले एनआरएनएमा पछिल्लो समय बढ्दो डेलिगेट्सको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ ।
यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधीको नामावली प्रकाशन गरिएको भन्दै १० औं विश्व सम्मेलन रोक्न माग गर्दै उजुरी परेको थियो । उजुरीमा विधान विपरीत आएका प्रतिनिधिलाई मान्यता दिएको र एनआरएनए एनसीसीहरुले विधानसम्मत रूपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको भन्दै निर्णय नसच्चिएसम्म विश्व सम्मेलन रोक्न माग गरिएको थियो ।
एनआरएनएका विभिन्न २५ देशका अध्यक्ष तथा प्रतिनिधिहरुको नाम संलग्न गरि उजुरी गरिएको थियो । सोही उजुरीको आधारमा मन्त्रालयका सह–सचिव भरतकुमार रेग्मीको संयोजकत्वमा गठन गरेको छानवीन कमिटीले प्रतिनिधि विवाद नटुँगिदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।
एनआरएनएको निर्वाचमा देखिएका यि बिबाद सामान्य देखिएता पनि आइसीसीको नेतृत्व हत्याउन आफुखुसी आफ्ना प्यानलका ब्यक्तिहरुलाई प्रतिनिधि पात्रको रूपमा छनोट गरीएको देखिन्छ । परराष्ट्र मन्त्रालयले आइसीसी मार्फ़त प्राप्त एनआरएनए जापानको निर्वाचनमा धादलि भएको सम्बन्धी प्राप्त जबाफ चित्तबूझ्दो नभएको र मन्त्रालय मार्फ़त छानबिन गरी बिषयको टुंगो लगाउने जनाउदई तत्काललाई निर्वाचनको सम्पूर्ण गतिविधि रोक्न निर्देशन दिएको छ ।
मन्त्रालयद्वारा जारी पत्र





376 पटक हेरिएको 
















