
काठमाण्डौँ, असार २४ ।

कोरोना भाइरस विरुद्ध चीनले तयार पारेको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज त्यस तर्फ प्रस्थान गर्दैछ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत ४० लाख डोज खोप ल्याईने छ । सरकारले चीन सरकार र नेपाल सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो। आज साँझ जाने जहाजले भोली कम्तीमा १० लाख डोज खोप ल्याउने छ ।
यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते गते थप खोप ल्याउने छ भने साउन ७ गते उडेर पुनः ८ गते पनि वायुसेवा निगमले खोप ल्याउनेछ । भारतको सिरम ईन्स्टिीच्युटलाई अग्रिम भुक्तानी दिएर पनि खोप नदिए पछि नेपालले चीनबाट ठूलो परिणाममा खोप ल्याउन लागेको हो ।
चीनीया खोप आईसकेपछि ६० वर्ष मुनिका नागरिकलाई लगाईने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ। नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप लगाईएको छ ।




446 पटक हेरिएको 
















