जापान, असार १४ ।

बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा बिश्वभरीबाट नेपालीहरूले मातृभूमि प्रति बिभिन्न तबरबाट सहयोग गरीरहेको छ । यसै बिच जापानबाट पनि मातृभूमिका लागि कोभिड -१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापानले कोभिड -१९ को दोश्रो लहरले नेपालमा पारेको प्रभावलाई कम गर्ने उद्देश्यले जापानमा बिभिन्न संघसंस्था तथा ब्यक्तिहरूको सहयोगमा संकलन गरिएको रकमद्वारा खरिद गरिएका स्वास्थ्य सामग्रीहरु नेपाल लैजानका लागि आज (सोमबार) हस्तान्तरण गरिएको छ ।
एनआरएनए आईसिसिका निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानका लागि नेपालका राजदूत प्रतिभा राणा संरक्षक रहेको समितिले जापानबासी नेपाली तथा जापानमा क्रियाशिल संघ सस्थाहरुको सहभागितामा ५३ लाख ६७ हजार २ सय ११ संकलन गरि एम्बुलेन्स, अक्सिमिटर, वाई कनेक्टर सहित अक्सिजन प्लान्टका लागि पनि रकम प्रदान गरेको जनाईएको छ । सोमबार एनआरएन जापानको कार्यलय टोकियोमा संयोजक भट्टले संकलन भएको सहयोग रकम र त्यहि रकमबाट खरिद गरिएका ११ प्रकारका सामानहरु सहितको प्रतिवेदन आईसिसि कोषध्यक्ष महेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण गरिएका सामग्रीको विवरण :

सहयोगी संस्था तथा दाताहरूको विवरण :







759 पटक हेरिएको 
















