NRNA क्युस्यु कार्यसमितिद्धारा बक्तृत्वकला प्रतियोगिताको आयोजना, बिजेतालाई ५० हजार देखि २ लाख ऐनसम्मको पुरस्कार

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  927 पटक हेरिएको

जापान, माघ २९ ।  

गैरआवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रिय कार्यसमितिले जापानिज भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताबरे एक सूचना जारी गर्दै एनआरएनए क्युस्युले सहभागी हुन इच्छुक क्युस्युवासी नेपालीहरुलाई यहि २०२१ फेब्रुअरी १५ तारिखदेखि २८ तारिखसम्ममा आवेदन दिन अनुरोध गरेको छ । आवेदनका लागि जापानिज भाषा वक्तृत्व कला प्रतियोगिता पोस्टरमा राखिएको क्युआरकोड स्क्यान गरी अथवा एनआरएनए क्युस्युको फेसबुकमा रहेको लिंक ओपन गरी फारम भर्न सक्ने एनआरएनए क्युस्यु क्षेत्रिय कार्यसमतिका अध्यक्ष देबराज उप्रेतीले बताएका छन ।

उक्त प्रतियोगितामा फर्म भर्नेहरुमध्येबाट उत्कृष्ट १० जनाले मात्र प्रतियोगितामा सहभागी हुन पाउने र उत्कृष्ट १० जनाको नामवली यहि २०२१ मार्च ६ तारिख सार्वजनिक गरिने जनाइएको छ । अन्तिम प्रतियोगिता भने २०२१ मार्च २७ तारिख शनिबारको दिन दिउँसो १:०० बजेबाट अनलाइनबाट गराइने छ ।

६ मिनेटको प्रस्तुतिबाट प्रथम, द्वितीय र तृतीय छानिने छ । उनीहरुलाई क्रमशस् २ लाख जापानिज येन, १ लाख जापानिज येन र ५० हजार जापानिज येन साथै १० जना प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरिने एनआरएनए क्युस्युले जनाएको छ

प्रतियोगिताको नियम एवं प्रक्रियाहरु :-

१. २०२१ फेब्रुअरी १५ देखी फेब्रुअरी २८ सम्ममा अनलाइन फारम भर्नु पर्ने छ ।
२. प्रतियोगितामा बोल्ने लेखन (साकुबुन) १,००० शब्द सम्मको हुनु पर्नेछ । साकुबुनको फोटो अर्थात् फाइल अपलोड गर्नु पर्ने छ ।
३. जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्नुहुने १५ वर्षभन्दा माथिका जोकोही नेपालीहरु (Student, Worker, Dependent, Bussinesman) आदि सहभागी हुन सक्नु हुनेछ ।
४. टाइटल वातासिनो नाका नो नोहोन (私の中の日本) को बारे मात्र बोल्न पाइने छ ।
५. अप्लाई गर्नु हुनेहरूमध्येबाट उत्कृष्ट १० जनाले मात्र प्रतियोगितामा सहभागी हुन पाउनु हुनेछ ।
६. उत्कृष्ट १० जनाको नामवली २०२१ मार्च ६ मा तारिख सार्वजनिक गरिनेछ।
७. छनोट हुनु भएका उत्कृष्ट १० प्रतियोगीहरुबीच २०२१ मार्च २७ तारिख शनिबारको दिन दिउँसो १स्०० बजेबाट अन्तिम प्रतियोगिता अनलाइनबाट गराइने छ ।
८. प्रस्तुति ६ मिनेटको हुनेछ ।
९. प्रथम, द्वितीय र तृतीय लाई क्रमश २ लाख जापानिज येन १ लाख जापानिज येन र पचास हजार जापानिज येन साथै १० जाना प्रतियोगीहरु लाई प्रमाणपत्र प्रदान गरिने छ ।
१०. कार्यक्रममा सहभागी हुनु हुने प्रतियोगीहरुले अनिवार्य रूपमा फर्मल ड्रेस लगाउनु पर्ने हुने छ ।
११. प्रतियोगिहरुले इन्टरनेटको राम्रो सुविधा भएको र होहल्लाह नहुने स्थानबाट आफ्नो प्रस्तुति दिनु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार