पाकिस्तानी टिकटकर तथा मोडल डा.एलिया र नेपाली फ्यानहरुको भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न, गायक लामाको गीतमा भाबुक भईन एलिया

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  396 पटक हेरिएको

काठमाडौँ, पुष ६ ।

चर्चित पाकीस्तानी टिकटकर तथा मोडेल डा.एलिया सोयव नेपाल आएकी छन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । उनी चिकित्साशास्त्र तेस्रो वर्षकी विद्यार्थी हुन् । पछिल्लो समय चर्चित नेपाली गायक सुरेश लामाको टिकटक जोडीको रुपमा परिचित डा.एलिया हाल भने नेपाल भ्रमणमा आएकी छन । आफ्नो परिवार सहित नेपाल आएकी एलिया नेपाल र नेपालीलाई हृदय देखि साथ सर्पोट र माया गर्ने पाकिस्तानी मोडल तथा टिकटकर हुन । गायक सुरेश लामालाई आफ्नो जीवन रहेसम्म अनबरत साथ सर्पोट र प्रोत्साहन दिने बताउदै आएका टिकटकर तथा पाकिस्तानी मोडल एलियालाई नेपाली फ्यानहरुले एरपोर्टमा भब्य स्वागत गरेका थिए ।

नेपालीहरुको माया साथ सर्पोट र न्यानो स्वागतले भावविहोल भएका एलिया र निजको आमाले यो स्वागत र माया जीवन कै अविष्मणरीय रहेको र यो माया साथ सर्पोटको लागि नेपाली समुदायलाई धन्यबाद समेत दिएकी थिईन । टिकटकमा आएर नेपाली गायक सुरेश लामाको गायन र डा.एलियाको अभिनय, साथ सार्पोटका कारण नेपाली फ्यानहरु माझ पनि अति नै लोकप्रिय डा.एलिया सोएव परिवारसहित नेपाल घुम्न तथा म्युजिक भिडियोमा अभिनय गर्न साथै आफ्ना नेपाली फ्यान फलोअर्ससँग भेट्न आएकी हुन् । नेपाली संगीत क्षेत्र र सुरेश लामालाई विश्व मञ्चमा पुर्याउने बताउँदै सोही अनुसार उनले साथ सपोर्ट गर्दै आएकी छन् । डा.एलिया नेपालीलाई अति नै माया गर्ने पाकिस्तानी सेलिब्रेटी हुन् । उनलाई एयरपोर्टमा सयौँको संख्यामा रहेका नेपाली समर्थकहरुले स्वागत गरेका थिए ।

अलरेश फ्यामिलिद्धारा जाजरकोट भुकम्प पिडितहरुलाई २० लाख बराबरको सहयोग

डा.एलियाले नेपाली , पाकिस्तानी, बंगलादेशी, भारतीय समर्थक तथा फलोअर्स समेटेर अलरेस परिवार पनि बनाएकी छन् । जसमार्फत जाजरकोटका भुकम्पपीडितहरुका लागि रु बीस लाख भन्दा बढीको राहत सामग्री सदस्यहरु तथा सुरेश लामा आफैँ गएर बाँडेका थिए । अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । आलरेश फ्यामिलिको तर्फबाट पाकिस्तार नेपालका अन्य बृद्धाश्राम गरिब दुःखीहरुको लागि समेत खाद्यान्न, लत्ता कपडा लगायतका सहयोगहरु गर्दै आईरहेका छन । डा।एलियाको एएल र सुरेशको आरइएसएच शब्द जोडेर बनेको अलरेस परिवार चाँडै नै अलरेस इन्टरनेशनलको रुपमा विश्वभरी फैलिने क्रममा रहेको अलरेस परिवारका सक्रिय सदस्य तिर्थ आचार्यले बताएका छन् ।

नेपाललाई संगीतको माध्यामबाट विश्वभरी चिनाउने, एलियाले नेपाली प्रति देखाएको साथ सपोर्ट, माया र करुणालाई विश्व मानव जातिमा बाँड्ने उद्देश्यका साथ अघि बढेको अलरेस परिवार तथा डाक्टर लामा टिमका कोषाध्यक्ष समेत रहेकी शोभा लामाले भिजन अनलाईनसँग कुरा गर्दै बताउनु भयो। डा.एलिया १५ दिन नेपालमा रहने समेत जानकारी गराउनु भयो ।

डा.एलिया र सुरेशको अलरेश फ्यामिलिसँग मिटअप कार्यक्रम भब्य रुपमा सम्पन्न

आज काठमाण्डौँको नयाँ बसपार्क स्थित रहेको बिजि बेङ्गक्युटमा अलरेस फ्यामिदिद्धारा मिटअप कार्यक्रम आयोजना गरी डा. एलिया, सुरेश र एलियाका परिवारसँग भेटघाट कार्यक्रम राखेका थिए । उल्लेख्य मात्रामा नेपाली फ्यानहरुको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा लगभग हजार जना फ्यानहरुको सहभागिता रहेको कार्यक्रम ब्यबस्थापक डा.लामा टिमका कोषाध्यक्ष शोभा लामाले जानकारी गराउनु भयो । कडा सुरक्षाको बीच सम्पन्न कार्यक्रममा डिएसपीको सुरक्षामा सुरक्षाकर्मीको समेत तैनाथी रहेको जनाएको छ । डा. एलिया र निजको परिवारको सुरक्षाको लागि अलरेश फ्यामिलिले अलरेश आर्मी टिम र नेपाल प्रहरुीको डिएसपीको नेतृत्वमा सुरक्षाकर्मीको समेत ब्यबस्था गरिएको थियो ।

उल्लेख्य फ्यानहरुको उपस्थिति रहेकोले डा.एलियालाई हल प्रबेशमा असहज भएको समेत देख्न सकिन्थ्यो । फ्यानहरुको लामो प्रतिक्षा पछि कार्यक्रममा सहभागि भएका डा. एलियालाई गेटबाट नै सुरक्षा घेरा भित्र राखि कार्यक्रममा प्रबेश गराएका थिए । अलरेश फ्यामिलि भित्र डा.एलिया र सुरेशको सम्बन्धका कारण बारम्बार बिबाद आईरहेका कारण सुरक्षा चुनौतीको आकलन गरेपनि उच्च ब्यबस्थापनले कार्यक्रम सोचेको भन्दा भब्य र सभ्य रुपमा सम्पन्न भएको समेत जनाएको छ । उपस्थित फ्यानहरुले पालैपालो डा.एलिया र सुरेशलाई स्टेजमा गई खादा र माला लगाएर सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । डा.एलियाका फ्यानहरुले सुनका गरगहना सहित बिभिन्न किसिमका उपहारहरु समेत प्रदान गरिएको थियो । नेपाली फ्यानहरुको माया र साथ देखेर डा.एलियाका परिवार स्टेजमा भाबुक समेत भएका थिए ।

डाक्टर लामा टिमको ब्यबस्थापन र होटल ब्यबसायी सम्सारा लामाको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सफल पार्नको लागि अलरेश फ्यामिलिका अन्तराष्ट्रिय बोर्डबाट समेत आर्थिक सहयोग जुटेको कार्यक्रम ब्यबस्थापक तथा डाक्टर लामा टिमका अध्यक्ष कार्यक्रमका सभापति सुबास लामाले जानकारी गराउनु भयो । उक्त भेटघाट कार्यक्रमका सरीक भएका सुरक्षाकर्मीहरुलाई समेत सम्मान तथा मायाका चिनो प्रदान गरेको थियो । कार्यक्रम छोटो समय र प्रचार बिना भएपनि अपेक्षा भन्दा बढि सहभागिहरुको सहभागिता रहेको र कार्यक्रम अनपेक्छित, कार्यक्रम हेर्नका लागि नेपालका दुर दराजका फ्यानहरु समेत काठमाण्डौँ आएको कार्यक्रम ब्यबस्थापकले जानकारी गराउनु भयो । कार्यक्रम हेर्नका लागि संखुवासभा, ईटहरी, झापा, मोरङ्ग, दोलखा, काभ्रे, गोरखा, नुवाकोट, धादिङ्ग, उपत्यका लगायतका बिभिन्न जिल्लाहरुबाट फ्यानहरुको उपस्थिति रहेको जनाएको छ ।

सुरेश लामाको प्रस्तुतीमा डा.एलियाको आँखामा आशु

उक्त भेटघाट कार्यक्रममा नेपालका चर्चित गायक तथा अलरेश फ्यामिलिका संस्थापक समेत रहेका सुरेश लामाको उत्कृष्ट प्रस्तुतिहरु समेत रहेको थियो । गायक सुरेश लामाले स्टेजमा डा.एलियालाई स्वागत गर्दै नेपाली र हिन्दी गितहरु समेत गाएका थिए । उक्त क्रममा गायक सुरेश लामाले गायको हिन्दी गित आज जानेका जिद नाकारो गितमा डा.एलिया भाबुक हुदै रोएका थिए । स्टेजमा आफ्ना बिभिन्न प्रस्तुती दिदै फ्यानहरुलाई मनोरञ्जन गराएका गायक सुरेश लामालाई सहभागी फ्यानहरुले ठुलो मात्रामा पैसा समेत दिएको थियो । डा. एलिया र सुरेश लामाको फ्यानको रुपमा बच्चा देखि ७०/८० बर्षको बुढाबुढीहरुको सहभागिता रहेको थियो ।

सोही क्रममा सहभागि एक बृद्ध हजुरआमाले त अति मिठो आवाजमा हिन्दी गीत गाएर सहभागिहरुलाई चकित समेत पारेका थिए । लगातार एक घण्टा आफ्नो प्रस्तुति दिएका गायक सुरेश लामाको आवाजमा भुलेका फ्यानहरु कार्यक्रम रातभर गर्न समेत आग्रह गर्दै थिए । अति नै मिठो स्वरका धनि सुरेश लामालाई पछिल्लो समय टिकटककै माध्यमबाट भारतीय फिल्म क्षेत्रबाट समेत गीत गाउनको लागि अफर आईसकेको छ । अब केही गीतको म्युजिक भिडियोमा डा. एलियासँग स्क्रिन सियर गर्दै म्युजिक भिडियो गर्ने तयारीमा रहेका गायक लामालाई अब छिट्टै भारतीय फिल्महरुमा समेत गायक सुरेश लामाको आवाज सुन्न पाउने भएको छ ।

कार्यक्रमको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

सम्बन्धित समाचार यो पनि हेर्नुहोस् ।

युएईमा सम्पन्न गोर्खा साँझ कार्यक्रममा पाकिस्तानी चर्चित टिकटकर डा.आलिया र गायक सुरेश लामाको चर्चा, फ्यानहरूको ईच्छा पुरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार