युएईमा सम्पन्न गोर्खा साँझ कार्यक्रममा पाकिस्तानी चर्चित टिकटकर डा.आलिया र गायक सुरेश लामाको चर्चा, फ्यानहरूको ईच्छा पुरा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  994 पटक हेरिएको

युएई, असोज २१ । 

नेपालको कला, संस्कृति तथा पर्यटन प्रबद्र्धनको लागि दुबईमा आयोजित गोर्खा साँझ २ भब्यताका साथ सम्पन्न भएको छ । आज अक्टोबर ८ तारिकको दिन आयोजना गरिएको गोर्खा साझ २ कार्यक्रममा नेपालबाट चर्चित कलाकार तथा नायक पल शाह, पछिल्लो समय चर्चाको शिखरमा रहेका नेपाली गायक सुरेश लामा, चर्चित गायिका एन्जिला रेग्मि, डान्सर तथा कलाकार रुबिना अधिकारी, कलाकार प्रसिद्धि ढकाल, कुलेन्द्र बिश्वकर्मा, सुमिना लो र बाल कलाकार सुप्रिम मल्लको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा बिभिन्न देशबाट समेत दर्शकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम दुबई समय अनुसार दिउँसो २ बजेबाट शुरु भनेपनि केहि समय ढिला गरि सुचारु भएको थियो ।

अति प्रतिष्ठित र बिषेश रुपमा हेरिएको कार्यक्रममा पाकिस्तानबाट चर्चित टिकटकर डा. आलिया सोईबका साथै उनको परिवार र अमेरिकाबाट चर्चित गायक सुरेस लामाको फ्यान तथा सापोर्टर मिस बिको समेत उपस्थिति रहेको थियो । पछिल्लो समय नेपाली समुदाय र पाकिस्तानी समुदाय बिचको बढ्दो सम्बन्ध र त्यस भित्र जोडिएका चर्चित अनुहार गायक सुरेश लामा र चर्चित टिकटकर तथा पाकिस्तानी मोडल डा.आलियाको उपस्थितिले कार्यक्रमलाई अझ रोचक बनाईएको थियो । कार्यक्रमको केन्द्रमा रहेको चर्चित गायक सुरेश लामा र डा.आलिया सोईबको उपस्थितिलाई बिशेष रुपमा लिएका र निजलाई हेर्न रुचाएका उनीहरुको फ्यान तथा सपोर्टरहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा डा. आलियाको उपस्थितिले गोर्खा साँझ २ तातिएको सजिलै देख्न र महसुस गर्न सकिन्थ्यो ।

चर्चित नायक पल शाहको उपस्थिति रहेपनि त्यहाँ बास्तबिक रुपमा चर्चित गायक सुरेश लामाको प्रस्तुति र चर्चित टिकटकर डा. आलियाको जोडिलाई हेर्न दर्शक स्रोता तथा फ्यानहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पछिल्लो समय चर्चाको शिखरमा रहेको नेपाली गायक सुरेश लामा र चर्चित पाकिस्तानी टिकटकर डा.आलियाको टिकटकबाट झाँगिएको माया प्रेमको चर्चा मात्र नभई ती माया प्रेमको संगमलाई पनि बिश्व भरि छरिएर रहेका फ्यानहरुले हेर्न रुचाईएका थिए । गायक सुरेस लामाको प्रेमिका रुपमा चिनिएकी टिकटकर डा. आलिया र निजको परिवारलाई अलरेस फ्यामिलि युएई र आयोजक टिमले सहित बिषेश सुरक्षा र सम्मानका साथ कार्यक्रममा उपस्थिति गराएका थिए । कार्यक्रमको बिचमा कार्यक्रम हलमा प्रबेश गरेकि पाकिस्तानी टिकटकर डा. आलियाको प्रबेश सँगै हलमा गायक सुरेश लामा र डा.आलियाको नाममा जोडदार हुटिङ्गका साथ न्यानो स्वागत र सम्मान समेत गरेका थिए ।

पाकिस्तानी चर्चित टिकटकर डा.आलिया र निजको परिवारको उपस्थितिलाई पनि बिश्वभरि छरिएर रहेका नेपाली समुदायले मात्र नभई निजका बिदेशी फ्यानहरुले समेत एकसाथ हेर्न रुचाईएको थियो । चर्चित टिकटकर डा.आलियाको उपस्थितिले उक्त कार्यक्रमको रौनक नै फेरिएको आयोजक कमिटिका साथीहरुले टिकटक लाईभ मार्फत जनाएको थियो । भिजन अनलाईन न्युजलाई समेत बिशेष समय दिएर गरिएको संबादमा बिभिन्न देशमा रहेका यि जोडिले समेत गोर्खा साँझ २ सफल भएको र अकल्पनिय रहेको समय जनाएको थियो । चर्चित पाकिस्तानी टिकटकर डा.आलिया र गायक सुरेश लामाको टिकटक जोडीलाई रियललाईफ मै सँगै देख्न प्रतिक्षारत फ्यानहरुलाई गोर्खा साँझ २ कार्यक्रमले पुरा गरिदिएको समेत अष्ट्रेलियाबाट जयराम लामाले आफ्नो भनाई राख्दै खुसि समेत ब्यक्त गरेका थिए ।

गोर्खा साँझ २ का आयोजक टिम र चर्चित टिकटकर डा. आलिया र सुरेश लामाका फ्यानहरुद्धारा संचालन गरिएको अलरेश फ्यानक्लब युएईले सुरेश लामा र चर्चित टिकटकर डा. आलिया सोईब, निजको ममि आईसा सोईब, भाई मानका साथै अमेरिकाबाट सुरेश लामाको कार्यक्रम हेर्न कै लागि आएकी मिस बिलाई स्टेजमा लगि बिषेश स्वागत तथा सम्मान गरिएको थियो । उक्त स्वागत कार्यक्रममा चर्चित टिकटकर डा. आलिया सोईबले सुरेश लामाको बिग फ्यान रहेको घोषणा गर्दै फुलका गुच्छा दिएर मायाको ईजार गर्दै सम्मान समेत गरेका थिए । निजको जोडीलाई युएईबासी नेपाली पाकिस्तानी, भारतिय लगायत बिभिन्न देशका दर्शकहरुले समेत हुटिङ्गका साथ सम्मान गरेका थिए ।

गोर्खा साँझ कार्यक्रममा सुरेश लामाको प्रस्तुति भिडियोमा हेर्नुहोस् ।

कार्यक्रमका थप फोटाहरु 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार