जापान, पुष ४ ।
नेपालमा नेपालीहरुको महान चाड बिजया दशमीको अवसरमा प्रदर्शन भै गौरबमय ५१ दिन मनाउन सफल नेपाली कथानक चलचित्र परदेशि २ नयाँ वर्ष २०२४ को अवसरमा जापानका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुने भएको छ । जापानको फुकुओका र किताक्युस्युमा जनवरी ६ तारीक र कुरुमेमा जनवरी १२ तारीकका लागी सो फिक्स भएको र अन्य क्षेत्रमा पनि प्रदर्शनका लागी कुराहरु आइरहेको जापानका लागी आधिकारीक विक्रेता कम्पनी नेप्याक्सका प्रतिनीधि माधव सिग्देलले भिजन अनलाईन न्यूजलाई जानकारी गराउनु भयो ।
फिल्मले युवापुस्तामा रहेको विदेश मोहलाई सचित्र प्रस्तुत गर्नुका साथै सन्देशमुलक रहेको भन्दै नेपालमा प्रदर्शनको क्रममा दर्शकहरुको प्रतिक्रीया रहेको थियो । साथै युवा पुस्तामा व्याप्त अमेरीकन ड्रिम्सलाई फिल्मले प्रस्तुत गर्दै सन्देस दिएको छ । कमाउने सपना बोकेर अमेरीका पुगेका एक नेपाली युवामा आउने पारीवारीक र समाजीक उतारचढाबलाई फिल्मले पेश गरेको छ । फिल्मको निर्देशन नारायण रायमाझि र प्रमुख भुमीकामा चर्चित गायक प्रकाश सपुत रहेका छन ।
साथै जापानको अन्य सहरमा पनि प्रदर्शन गर्न चाहानु हुन्छ भने नेप्याक्स टिम माधव सिग्देल लगायतका टिमलाई सम्पर्क गर्न सक्नु हुने समेत जानकारी गराउनु भयो । फुकुओका सोको लागी हाल प्रचारप्रसार व्यापक गरीएकोले नेपाली समुदायका व्यक्तित्वहरुको उल्लेख्य सहभागी हुने समेत आशा गरीएको नेप्याक्स टिमका माधब सिग्देलले भिजन अनलाईन न्यूजलाई जानकारी गराउनु भयो ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।