सर्वोच्च अदालतले अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  339 पटक हेरिएको

काठमाडौं, मंसिर ३० ।

सर्वोच्च अदालतले अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो । उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै सर्वोच्च अदालतले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो । गायिका समिक्षा अधिकारीले आफुलाई अभिनेता पल शाहले बिबाहको प्रलोभन देखाई बिभिन्न स्थानमा जबरजर्ती करणी गरेको आरोपमा नाबालिग अधिकारीले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् ।

पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्ति लगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चको भनाइ छ ।अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् ।

जबरजस्तीकरणी मुद्दामा लामै समय पूर्पक्षका लागि थुनामा रहेका शाहलाई उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले भने उक्त फैसला दोहोर्याएर हेर्न पाउँ भनि निवदेन दिएको थियो । सोही निवदेनको आधारमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त मुद्दा दोहोर्याएर हेर्न अनुमति प्रदान गरेको हो ।

फैसलाको पुर्ण पाठ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार