कांग्रेस महाधिबेशन बिशेष-१९०० मत गन्दा खड्का गुरुङभन्दा २१ मतले अगाडि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  360 पटक हेरिएको

काठमांडौ, मंसिर २९ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको हो।

अहिलेसम्म १९०० मत गणना भएको निर्वाचन समितिले जनाएको छ। मत परिणाम पूर्णबहादुर खड्काले अग्रता लिएका छन्। उनले ९०८ मत ल्याएका छन्। गुरुङले ८८८ मत ल्याएका छन्।

यता, चन्द्र भण्डारीले ७८९ र विजयकुमार गच्छदारले ७९८ मत ल्याएका छन्। यसअघिको परिणाममा गुरुङले र भण्डारीले अग्रता लिएका थिए।

गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार