वाग्मतीका नवनियुक्त ५ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ, ८ मन्त्रालय टुक्रयाएर १४ बनाईयो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  366 पटक हेरिएको

हेटौंडा, मंसिर २८ ।  

बाग्मती प्रदेशमा मुख्यमन्त्रिद्धारा सत्ता गठबन्धनलाई मिलाउनको लागि ८ मन्त्रालय ट्क्रयाएर १४ मन्त्रालय बनाएको छ । उक्त मन्त्रालयहरुमा नियुक्त नवनियुक्त मन्त्रिहरुलाई आज पद तथा गोपनियताको सपथग्रहण गराएका छन । आज नियुक्त वाग्मती प्रदेशका ५ मन्त्री र १ राज्यमन्त्री शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

शपथ लिनेहरुमा नेकपा (माओवादी केन्द्र) का घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, विशाल खड्का वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुद, नेकपा (एकीकृत समाजवादी) का बसन्तकुमार मानन्धर खानेपानी, उर्जा तथा सिँचाई र बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छीमन्त्री छन् । यस्तै कृषि तथा पशुपंछी राज्यमन्त्रीका रुपमा नेकपा (एस) की इन्द्रमाया गुरुङलाई शपथ लिएकी छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए ।

पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिलामन्त्री बनाएका थिए । दोस्रो चरणमा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । वाग्मतीमा मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ८ वटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार