एनपिएलको दोस्रो संस्करणको उपाधि लुम्बिनिले जित्यो, सुदुरपश्चिम रोयल्स बने उप–बिजेता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  87 पटक हेरिएको

काठमाडौँ, मंसिर २८ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो । बिराटनगर किङ्गलाई सजिलै हराएर सिधै फाईनल प्रबेश गरेका सुदुरपश्चिम रोयलले अन्तमा लुम्बिनिसँग भने नराम्रो हार बेहोर्नु पर्यो । लुम्बिनिले पनि बिराटनगर किङ्गलाई हराउदै फाईनल यात्रा तय गरिेको थियो ।

सुदुरपश्चिम टिम फाईनल खेलमा भने दर्शकको उपेक्षा अनुरुप प्रदर्शन गर्न सकेनन र अन्तमा लुम्बिनि बिरुद्धको खेलमा ६ विकेटको फराकिलो अन्तरले हार्न पुग्यो । दर्शकहरुको आकलन भने सिधै फाईनल पुगेका सुदुरपश्चिम रोयलले नै यस बर्षको आईपिएल जित्ने आकलन गरेका थिए । तर लुम्बिनिले ८५ रनमा नै रोक्दै ब्याटिङ्ग शुरु गरेका थिए । फलस्वरु लुम्बिनिले ४ विकेटको क्षतिमा ९ ओभरमा नै सुदुरको टारगेट पुरा गरि आफ्नो जित सुनिश्चित गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार