काठमांडौ, मंसिर २३ ।
नेपाली कांग्रेसको चालु १४ औ महाधिबेशनमा अन्तत: कांग्रेस सभापतिमा चार जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। छ जनाको उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा चार जनाबीच हुने भएको हो।
हालका सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि गरी ४ र अन्य २ गरी जम्मा ६ जनाले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका हुन्। सभापतिमा शेरबहादुर देउवाले प्यानल बनाएका छन्। उनको समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्।
यसैगरी, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन्। पौडेल नेता कृष्णप्रसाद सिटौला समूहबाट आएका हुन्।
सहमहामन्त्रीमा महिलाबाट डिना उपाध्याय, जनजातिमा भीष्मराज आङ्देम्बे, मधेसीमा महेन्द्र यादव, खस/आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फर्मुल्लाह मन्सुर, पिछडिएकोमा जीवनबहादुर शाही र दलितमा मानबहादुर विश्वकर्मा छन्।
यस्तै, शेखर कोइरालाको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ।