
खाँदबारी मंसिर, १५ ।

मुख्य निर्वाचन अधिकृतका अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी हुँदा कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका समाजवादी पार्टीका नुर्वु शेर्पाले २९८ मत प्राप्त गरेका छन् ।

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
मकालु गाउँपालिकामा यस अघि पनि नेकपा एमालेले जितेको थियो । अध्यक्ष खड्ग कटुवालको सडक दुर्घटनामा निधन भएको थियो ।




625 पटक हेरिएको 
















