एमालेको अध्यक्षमा अत्यधिक मतका साथ के.पि शर्मा ओली बिजयी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  365 पटक हेरिएको

चितवन, मंसिर १४ ।   

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८३७ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ जनाले मत खसालेका थिए । नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् ।

नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए । निर्वाचनबाट माओबादी केन्द्र छाडेर एमालेमा नै बसेका रामबहादुर थापा बादल उपाध्यक्ष र टोपबहादुर रायमाँझी सचिबमा निर्वाचित भएका छन भने घनश्याम भुसाल उपाध्यक्ष पदमा पराजित भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार