चितवन, मंसिर ११ ।
नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका छन् । तर नेकपा एमालेका नेता भीम रावलले भने पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् ।
उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने पनि बताए । एमालेको दशौं महाधिवेशनको शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव गरेका थिए, वन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।