बन्द सत्रमा पनि आन्तरिक छलफलमा ओली, पदाधिकारीमा सहमति जुटाउन अझै सकेन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  239 पटक हेरिएको

चितवन, मंसिर ११ ।   

हिजोबाट शुरू भएको नेकपा एमालेको ० औ महाधिबेशनको आज बन्द सत्र चलीरहेको छ तर ओलीलाई भने पार्टी भित्र सर्वसहमति रूपमा नेतृत्व चयनको लागि पार्टी नेता कार्यकर्ताले दबाव दिई रहेको छ तर पनि आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा समस्या परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् ।

शनिबार सौराहमा बन्दशत्र सुरु गर्नुअघि एमाले अध्यक्ष ओलीले आफ्ना निकट नेताहरुसँग छलफलमा बसेका छन् । महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरु छलफलमा छन् ।एमालेले शुक्रबार राति मात्र विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाएको थियो । नेताहरुको व्यवस्थापनका लागि दुई उपाध्यक्ष र दुई उपमहासचिव थपिएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो बनाइएको छ । यस्तै २२५ सदस्यीय केन्द्रीय कमिटीलाई पनि ३०१ सदस्यीय बनाइएको छ ।

ओलीले आफंनै पक्षका नेतालाई मात्र पक्षपोषण गरेको भन्ने आरोप समेत लागेका छन । बन्द सत्रको कार्यक्रम सम्म नेकपा एमालेले पार्टी नेतृत्व र पदाधिकारीहरूको टंगो लगाउन नसक्दा नेता कार्यकर्तामा निराशा छाएको छ । जिल्ला क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन गर्न सक्ने नेतृत्वले किन नसक्ने जस्ता दबावहरू पनि आइरहेका छन । यता भने अध्यक्ष नै सर्वसम्मत नहुने लगभग पक्का भईसकेको छ । ओलिले हालसम्म अध्यक्षको दाबी गरीरहेका भीम रावलको व्यवस्थापनको विषयमा केहि बोलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार