टोकियो, नोभेम्बर, २६ । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद जापानले संरक्षक,मनोनित सदस्य तथा सल्लाहकार परिषद मनोनित गरेको छ ।
एनआरएनए जापानको आईतवार बसेको दोश्रो नियमित बैठकले मनोनित गरेको हो । परिषद अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निणर्य गर्दै २०१९-०२१ कार्यकालको लागी परिषदको मनोनित हुन बाँकी सदस्यहरुलाई पनि सर्वसहमतिले मनोनित गर्नुका साथै संरक्षक परिषद र सल्लाहाकार समितिको पनि मनोनित गरेको छ ।
संरक्षण परिषदमा प्रमुख संरक्षक राजदुत प्रतिभा राणासहित बिभिन्न व्यक्तित्वहरू चयन
परिषदको आगामी बैठकमा मानार्थ परिषदको गठन गर्ने निर्णय गर्दै बिभिन्न विभागीय जिम्मेवारी बाँडफाँड गरेको छ । संरक्षक परिषदमा प्रमुख संरक्षक राजदुत प्रतिभा राणा,संरक्षक अध्यक्ष भवन भट्ट,देवमान हिराचन,राजन प्रधानाङ्ग,रोशन केसी,ओम गुरुङ् ,पारसमणी पोखरेल,सुदन थापा र टासी वांदी लामालाई चयन गरेको छ भने उच्च स्तरीय समिति भर्खरै आइसीसीले गरेको निर्णय अनुसार राष्ट्रिय समन्वय परिषद जापानले पनि जापानमा रहनुहुने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न विषयमा ख्याति प्राप्त बिज्ञहरु रहने गरी उच्च स्तरीय समितिको गठन गर्ने भएको छ । परिषदले उक्त समितिको मर्यादाक्रम एनसीसीको सल्लाहाकार समितिको भन्दा माथि रहनेछ व्यवस्था एनसीसीले गर्ने जनाएको छ ।
एनआरएनए जापानको केन्द्रीय सदस्य पदमा मनोनितहरूको नामावली
१. रामकृष्ण श्रेष्ठ
२. श्याम खड्का
३. राम खड्का
४. सुरेश गिरी
५. रामहरी खपांगी
६. निर्प बुढा
७. बिष्णु बानिया
सल्लाहकार परिषद गठन
बैठकले सल्लाहकार परिषदमा किरण बिक्रम थापा, भुषण घिमिरे,कपिलदेव थापा ,टंक गैरे, हवल चन्द्र लामा, राजेन्द्र जम्मरकट्टेल, बाबुराम भण्डारी,पदम सिंह ठगुन्ना, किरण बर्मा , बिजेश थकाली ,बुद्धि गौचन,तेज अर्याल,नरेन्द्र बस्नेत दिनेश , मोहन घले , केशर गिरी , सिद्दार्थ श्रेष्ठ,दिलु खत्री , राजिब श्रेष्ठ , बेलुकाजी थापा,कृष्ण खनाल ,शिव प्रसाद पौडेल ,राजेन्द्र भट्टराई , नर बहादुर थापा, दिपक सुबेदी, रबिन शेरचन, माइकल गौचन, इन्दिरा सुजुकी ,दिनेश गुरुङ ,अरुण श्रेष्ठ , चिरिन्जीवी थापा, बिकाश श्रेष्ठ , छत्र दाहाल क्युस्यु ,आत्माराम गैरे कान्साई ,बिमल अधिकारी नागोया, द्रोण सिलवाल निगाता चयन गरेको महासचिव जनकविक्रम शाहीले जानकारी दिनुभयो ।
एनआरएनए जापान नवगठित विभागहरू
बैठकले विभिन्न १२ बिभागको गठन गरेको छ । जसमा अनुशासन बिभाग, आर्थिक र लेखा बिभाग,कानुनि सल्लाहाकार बिभाग, सांस्कृति, खेलकुद, युवा समन्वय तथा साहित्य बिभाग,श्रम, शिक्षा तथा परोपकार बिभाग,क्षेत्र समन्वय व्यवस्थापन बिभाग,शिप, ज्ञान, स्वास्थ्य र पोलिशी समन्वय बिभाग,महिला तथा बालबालीका समन्वय बिभाग , ब्यापार, लगानी तथा नेपाल प्रवर्धन बिभाग,सुचना तथा संघ संस्था समन्वय बिभाग , प्राविधिक बिभाग, बिधान समिति गठन गरेको छ ।
एनआरएनए जापानले जापानवासी नेपाली समुदायलाइ छिटो र छरितो सेवाको लागी हेल्प लाइन सेवाको सुरुवात गरेको छ उक्त हेल्प लाइन सेवाको लागी हाललाइ युवा उपाध्यक्ष नबिन निउरेलाइ जिम्मेवारी दिएको छ ।
अब कुनै पनि जरुरीकामका लागी NRNA HELP LINE ०८०-९७००-६०११ मा सम्पर्क गर्न सकिनेछ । एनआरएनए जापानले जापानबाट आइसीसीमा नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम पनी सम्पन्न गरेको थियो। आइसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठ,एशीया प्यासिफिक संयोजक रोविन्द श्रेष्ठ गोबिन्द, युवा संयोजक दिपक कंडेल, सदस्य ददिवाल खड्का उपस्थित रहेको थियो भने अन्य पदाधिकारी तथा सदस्यहरु व्यक्तिगत कारणवस उपस्थित हुन नसक्ने जानकारी गराउनु भएको थियो । बैठकले परिषदक आचारसंहिताको पारितहुन् बाँकी ५ औ बुदा (केन्द्रीय समितिको अध्यक्षले अन्यकुनै पनी संघ संस्थाको प्रमुख कार्यकारी पदमा रहन पाउने छैन भने अन्यको हकमा राजनैतिक,जातिय वा धार्मिक संस्था बाहेक अन्य सस्थामा लागु हुनेछैन) लाइ सर्व सहमतिले पारित गरेको छ भने आचारसंहितामा अर्को एक बुदा थप गरेकोछ जसमा (राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, सदस्य र सल्लाहकारले संस्थालाइ अहित हुने खालका अभिव्यक्ति हरु सामाजिक संजाल अथवा अन्य कुनै माध्यम मार्फत दिइएको पाइएमा र प्रमाणित भएमा परिषदले निलम्बन गर्न सक्नेछ)
एनआरएनए जापानको भावी योजनाहरू
१. एनआरएनए जापान युवा नेतृत्व पुरस्कारको (नरना JAPAN YOUTH LEADERSHIP AWARDS) सुरुवात गर्ने,
२. विभिन्न क्षेत्रका बिज्ञहरुको सहभागीतामा ‘एनआरएनए जापान सम्मेलन’ को आयोजना गर्ने,
३. २०२० जुन, २० र २१ मा नेपाल फेस्टिवलको आयोजना गर्ने,
४. शिक्षा, स्वास्थ्य तथा सुरक्षा सम्बन्धि हरेक क्षेत्रमापनि जनचेतनामुलक कार्यक्रमा जोड,
५. भ्रमण वर्ष २०२० सफल पार्नको निम्ति दुतावास संग एकचरणको बैठक तथा छलफल भैसकेको र अब तुरुन्तै मुलायोजक समिति बनाइ योजना तर्जुमा गरी अगाडी बढ्ने निर्णयलाइ कार्यन्वयन गर्दै जाने,
६. महिला हरुको समस्या समाधानका निम्ति महिला चेतना मुलक कार्य गर्ने लगायतका योजना बनाएको छ ।
एनआरएनए जापानको निर्णय