कानुन व्यवसायीको धर्नालाई छल्दै सर्वोच्च छिरे प्रधानन्यायाधीश राणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  471 पटक हेरिएको

काठमाण्डौँ, कार्तिक २६।  

प्रधानन्यायाधिसचोलेन्द्र शमशेर राणाको बिरुद्ध आन्दोलनरत कानुन ब्यबसायिहरुले आज प्रधानन्यायाधिसलाई कार्यालय प्रबेश रोक लगाउने भन्दै सर्बोच्चको मुल गेटमा आन्दोलनरत छन । आन्दोलनरत कानुन ब्यबसायि र राणा समर्थित कानुन ब्यबसायिहरु बिच केहि समय झडप समेत भएको थियो । तर प्रधानन्यायाधिस राणा भने कानुन ब्यबसायिको बिरोधलाई ब्वास्ता गर्दै कार्यालय प्रबेश गर्न सफल भएका छन । मुल गेटमा आन्दोलनरत कानुनव्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत छिरेका छन्। महान्यायाधीवक्ता कार्यालय नजिकको गेटबाट राणा शुक्रबार बिहान १०:५० बजे सर्वोच्च परिसरमा प्रवेश गरेका हुन्।

राणालाई रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार बिहान १० बजेदेखि नै सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका थिए। उनीहरूको धर्ना छल्दै प्रधानन्यायाधीश राणा महान्यायाधीवक्ताको कार्यालयसँगै रहेको गेटबाट सर्वोच्च गएका हुन्। धर्नालाई सम्बोधन गर्दै उनले बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले आफूहरूको कार्यक्रमबारे कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि जानकारी गराएको बताए।

‘हाम्रो धर्नाबारे कानुन मन्त्रीले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो। प्रधानमन्त्रीले सुरक्षा निकायलाई कानुन व्यवसायीलाई धरपकड नगर्नु भन्नुभएको मैले जानकारी पाएको छु,’ पौडेलले भने। वकिलहरूले प्रधानन्यायाधीशलाई रोक्ने भएपछि सर्वोच्च आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।

यसअघि बारको विरोधको विरोध गर्दै केही व्यक्तिहरू आएपछि अवस्था तनावपूर्ण भएको थियो। झडपको अवस्था आएपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएर राखेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार