बाग्मति प्रदेशका नवनियुक्त मुख्यमन्त्रि राजेन्द्र पाण्डेले आज बिश्वासको मत लिदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  403 पटक हेरिएको

काठमाडौं कार्तिक २२ ।  

पाँच गठबन्धनको सरकार गठन भएसँगै प्रदेश सरकारहरु पनि बिघटन हुँदै नयाँ सरकार बनिरहेको छ । यस्तै बाग्मति प्रदेशमा पनि नेकपा एमालेको सरकार बिस्तापित गर्दै सत्तारुढ दलहरुको सहमतिमा नेकपा एसबाट राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको जनाइएको छ ।

मुख्यमन्त्री कार्यालयबाट विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्र आएको प्रदेश सभा सचिवालयले जनाएको छ । पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमाले विभाजित भएसँगै अल्पमतमा पर्नुभएकी शाक्यले कात्तिक १० गते राजीनामा दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार