नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  478 पटक हेरिएको

काठमाडौं, कार्तिक १२ ।

नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। उनले बुधबार सामाजिक सञ्‍जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।

उनले आफ्नो पिसिआर रिपोर्ट पोजेटिभ आएको ट्वीटरबाट जानकारी दिदै आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।

पछिल्लो समय सरकारका मन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरुलाई कोरोना संक्रमण देखिइरहेको छ। काठमाडौं उपत्यकाको समुदायस्तरमा तीव्र गतिमा कोरोना फैलिएसँगै उच्च पदस्थहरु पनि धमाधम संक्रमित भइरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार