म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तराष्ट्रिय कार्यसमितिमा जापानबाट वरिष्ठ उपाध्यक्षमा ददीवल खड्का सहित चार जना निर्वाचित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  345 पटक हेरिएको


जापान, कार्तिक ६ । 

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तराष्ट्रिय कार्यसमितिको  अन्तराष्ट्रीय महाधिबेशन सम्पन्न भएको छ । अमेरिकामा बसोबास गर्दै आएका अमर छन्त्यालको अध्यक्षतामा नया कार्यसमिति २०२१-२०२३ निर्वाचित भएको हो । उक्त म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तराष्ट्रिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जापानमा रहेर लामो समयदेखि ब्यावसाय र समाज सेवामा क्रियाशील गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सदस्य ददिवल खड्का निर्वाचित भएका छन ।

बिहिबार म्याग्दीको बेनीमा सम्पन्न मोनाको चौथो अधिवेशनबाट आगामी कार्यकाल २०२१-२०२३ को लागि म्याग्दीको घार हालको अन्नपूर्ण गाउपालिकामा जन्मिएर तीन दशकदेखि जापानमा कार्यरत खड्का सो पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपाध्यक्षमा निर्वाचित खड्काले सामाजिक सेवाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो पदमा निर्वाचित हुन पाएकोमा खुशी व्यक्त गर्दै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्ने उपयुक्त माध्यमका रूपमा मोनालाई लिएको बताए ।

मोनाको वरिष्ठ उपाध्यक्षमा निर्वाचित खड्का गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२१-२०२३ का लागि एसिया प्यासिफिक क्षेत्रको उप संयोजकमा उम्मेदवारी घोषणा समेत गरेका छन ।

अमेरिकामा बसोबास गर्दै आएका अमर छन्त्यालको अध्यक्षतामा नव निर्वाचित कार्यसमितिमा जापानबाट कोषाध्यक्षमा महेन्द्र खड्का, एसिया संयोजकमा दिपक कार्की, महिला उप संयोजकमा बिष्णु बनिया, एसिया उप संयोजकमा प्रेम पुन निर्वाचित भएका छन ।

रोजगार व्यापार व्यावसाय अध्ययनको शिलाशिलामा नेपाल बाहिर रहेका म्याग्देलीहरुको आबद्दता रहेको रहेको २८ देशमा विस्तारित मोनाका २६१ प्रतिनिधिहरुको भौतिक र भर्चुवल माध्यमबाट अधिवेशन भएको थियो । प्रवासी म्याग्देलीहरुले मोनामार्फत विपत व्यवस्थापन महामारी नियंत्रण शिक्षा,स्वास्थ्य पर्यटन पूर्वाधारको विकासमा सहयोग जलविद्युत आयोजनामा निजी लगानी भित्र्याउन महत्वपूर्ण योगदान पुर्याएको छन ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार