जापान, असोज २६ ।
पछिल्लो समय जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण फैलिएको छ । यस साता जापानका नेपाली समुदायमा हालसम्मकै धेरै संक्रमण पुष्टि भएको छ । जापानमा बिभिन्न पेशा ब्यबसाय तथा बिभिन्न संघसंस्थामा लागि सामाजिक कार्यमा अग्र पंक्तिमा रहेका नेपाली ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको निजहरुले सामाजिक संजालबाट जानकारी गराएका छन ।
कोरोना संक्रमित हुनेहरुमा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापानका अध्यक्ष सूर्य खड्का, जनसम्पर्क समिति जापानका पूर्व सभापती डिपी कँडेल, रुपन्देहि समाज जापानका पूर्व अध्यक्ष पशुपती गिरी, बाग्लुङ समाज जापानका उपाध्यक्ष यमकान्त कँडेल तथा नेपालबाट आएका अन्य ३ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
यस अघि पनि फाट्टफुट्ट संक्रमित भएता पनि उनिहरुको संक्रमण बारे खासै बाहिर जानकारीमा आएको थिएन । तर यसपटक संक्रमित व्यक्तिहरु हरेकदिन सामाजिक कार्यक्रमहरुमा सहभागी हुँदै आएका कारणले पनि धेरै नेपालीहरुलाई सचेत गराउन मद्दत होस भन्ने उदेश्यले पनि सबै घटनाहरु सामाजिक संजाल तथा सबैजसो अनलाईन मिडियाबाट सार्वजनिक गरिएको छ ।
हाल संक्रमितहरुसंग पछिल्लो साता विभिन्न कार्यक्रममा भेटघाट भएकाहरु सबैजना सेल्फ क्वारेन्टाईनमा बसेको बुझिएको छ । यसरी क्वारेन्टाईनमा रहनेहरुको संख्या २ दर्जन बढी रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढेसँगै नेपालबाट जापान आउनेहरुमा समेत नारिता एयरपोर्टमा परिक्षण कै क्रममा कोरोना देखिएको पनि जनाईएको छ । जापानबास िसम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा सचेत र सजग रहन भिजन अनलाईन न्युज परिवार हार्दिक अपिल समेत गर्दछौँ ।