फुनेसोद्वारा गण्डकी प्रदेशका मुख्य मन्त्रि माननीय कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यमा दशै शुभकामना कार्यक्रम गर्दै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  393 पटक हेरिएको

 जापान, असोज २२ । 

जापान स्थित फुकुओकामा अवस्थित जापानको पुरानो संस्था
फुकुओका नेपाल सोसाईटीले दसैँ सुभकामना आदन-प्रदान तथा साहित्य सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। १९९५ सालमा स्थापित सोसाईटी सुरुवाती कालमा दसैँमा नेपालीहरु एकै ठाउँमा जम्मा भई टिका लगाउने र सुभकामना आदान -प्रदान कार्यक्रम गरेको सम्झना पुर्ब अध्यक्षहरु लगाएत अग्रजहरु बताउदै आएका छन्  ।

,यसपाली प्रत्क्ष रुपमा कार्यक्रम गरि पुरानो झल्को मेटाउने धोको राखेका वर्तमान अध्यक्ष माधव सिग्देलले कोरोनाको कारण अझ भेटघाट असम्भब भएपछि अनलाईन जुम भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने तय भएको अध्यक्ष सिग्देले भिजन अनलाइन न्युजलाई जानकारी गराउनु भयो । उक्त कार्यक्रमको कार्यक्रम संयोजक सुजन केसीका अनुसार गण्डकी प्रदेशका मुख्य मन्त्रि माननीय कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्य रहने उक्त कार्यक्रममा नेपालबाट चर्चित गायक रामजी खाँड,रामकृष्ण बम मल्ल ,राजेन्द्र कंडेल लगएताका कलाकारको उपस्थिति रहने जनाएको छ ।

जापानबाट प्रसारित तथा संचालित बिभिन्न संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रमले प्रवासमा रहेका परदेशी मनलाई आफ्ना आफ़न्तहरू माझ जोड़न पुलको काम गर्ने र बिदेशमा परिवारबाट टाडा रहेका नेपालीहरूमा आपसी भाईचारा कायम गरी कला संस्कृतिलाई जीवन्त पार्न सहयोग गर्ने अग्रजहरूको प्रत्यक्ष बुझाई रहेको छ । उक्त दशैं शुभकामना कार्यक्रमलाई अझ मनोरंजन दिनको लागि बिभिन्न क्षेत्रबाट चर्चित गजलकार प्रदिप रोदन संगै अन्य साहित्यकारको प्रस्तुति समेत रहने आयोजक फुनेसोले जनाएको छ। उक्त कार्यक्रम सस्थाको अफिसियल पेज ,मिडियाहरु -द्रिस्तिपथ ,भिजनअनलाईन न्युज ,नेपाल न्युजपोस्ट तथा गण्डक समाचार बाट पनि लाईभ हुने सस्थाका संस्थाका अध्यक्ष माधव सिग्देलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार