नेपाली काग्रेसका नेता गगन थापा र अर्जुन नरसिंह के.सी सहित ७० जना नेता कार्यकर्तामा कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  885 पटक हेरिएको

काठमाण्डौं, असोज १८ ।  

नेपाली काँग्रेसका नेता एवं सांसद तथा पूर्व स्वास्थ्य मन्त्रि गगन थापा र अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टी भएको छ । पार्टी कार्यलयमै काँग्रेस नेताहरुको कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । थापा पूर्व स्वास्थ्य मन्त्री पनि हुन् अहिले प्रधानमन्त्रीका सल्लाहकार सहित विभिन्न राजनीतिक एवं विभिन्न पदमा कार्यरत व्यक्तिहरु समेत संक्रमणको पुष्टि भएको छ ।

थापाले आफू संक्रमित भएको जानकारी पाएको भन्दै सामाजिक सञ्जालबाट आफ्नो सम्पर्कमा आएका नेता, कार्यकर्ता तथा आफन्तहरुलाई सजगता अपनाउन पनि अपील गरेका छन् । आफू होम आईसोलेसनमा रहेको र स्वास्थ्यमा कुनै समस्या नरहेको पनि थापाले बताएका छन् ।
त्यस्तै नेता अर्जुन नरसिंह केसीले पनि आफू संक्रमित भएको जानकारी सामाजिक सञ्जालबाटै गराएका छन् ।

यस्तै काँग्रेसका अन्य ७० जना नेता कार्यकर्तामा पनि कोरोना देखिएको र अझै केहीको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ ।
नेताहरुमा धमाधम कोरोना देखिए पछि काँग्रेसको बैठक समेत अबरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार