सरकारले मुख्यसचिवमा शंकरदास बैरागी, अमेरिका र बेलायतका लागि राजदुतमा खतिवडा र रेग्मीलाई सिफारिस गर्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  443 पटक हेरिएको

काठमाडौं, असोज १५ । 

नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई भने सरकारले अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।

मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए । ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए ।

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था भएकोले नियुक्तिको लागि सिफरिस गरिएको बताएको छ । पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार