उपत्यकामा ६४५ सहित १३ सय १३ जना संक्रमित पुष्टि, देशभर ६ जनाको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  573 पटक हेरिएको


काठमाण्डौं, असोज ९ ।   

नेपालमा आज १३ सय १३ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार २६२ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
अब सक्रिय संक्रमित १८२८९ जना रहेका छन् । अब क्वारेन्टाईनमा ६४६४ जना रहेका छन् ।  आज देशभर ३ महिला र ३ पुरुष सहित ६ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दिनानुदिन संक्रमित बढीरहेको काठमाण्डौं उपत्यकामा आज ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ५०३, ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जना रहेका छन् । उपत्यकामा करिब २० हजार संक्रमित पुगेका छन् ।
आज १४ सय ९५ जना डिस्चार्ज भएका छन् । क्ल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ जना रहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार