पाँच वर्षपछि “दशा” गितको भिडियोबाट निर्देशनमा फर्किए मनबहादुर पुन (भिडियोसहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  173 पटक हेरिएको

काठमाण्डौँ, असोज ६ । 

निर्देशक मनबहादुर पुन करिब पाँच वर्षपछि म्युजिक भिडियो निर्देशनमा फर्किएका छन् । पुनको निर्देशनमा बनेको पछिल्लो म्युजिक भिडियो ‘दशा’ आज सार्वजनिक भएको छ । गीतमा वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको वास्तविक पिडा र कथामा आधारित रहेको छ । गायक भरत परियार र पूर्णिमा परियारको स्वरमा रहेको यस गीतमा लक्षुप्रकाश मल्लले संगीत संयोजन गरेका छन् ।

मनास्लु टिभिको अफिसियल युबट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको निर्देशनका साथै छायांकन र सम्पादन पनि पुनले नै गरेका छन् । म्युजिक भिडियोमा मिलन लामा, रिया पन्त, सिद्धान्त लामा, कविता लामा, अमर सिलवाल र अरुण तामाङले अभिनय गरेका छन् ।
पुनले दर्जनौ म्युजिक भिडियो तथा ३७ वटा कल्चरल फिल्मको समेत निर्देशन गरेका थिए । उनले यसअघि ‘समर्पित’, ‘मायाको बन्धन’, ‘हजारी’, ‘तिम्रै हुँ म’, ‘टाढाको माया’, ‘लाङ्घाली’, ‘मिसन यार्सा’, ‘लेखान्त’, ‘घाटु’, ‘झल्को’ जस्ता दर्शकले सर्वाधिक रुचाएका फिल्मको निर्देशन गरेका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार