काठमाण्डौं, भदौ २६ ।
नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित पुष्टि भएका छन । आज मात्र १४ सय ५४ जना कोरोना संक्रमित थपिएका हो। आज १० हजार ७ सय १ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
यस मध्य सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेका छन् । यस्तै होम आईसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन् । क्वारेन्टाईनमा ६ हजार ७८ जना रहेका छन् । २४ घण्टामा ९ सय ७२ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । कोरोनाबाट पछिल्लो २५ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यो सगैँ कुल मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
उपत्यका कोरोनाको केन्द्र बन्दै
काठमाण्डौ उपत्यका कोरोनाको केन्द्र बन्दै गएको छ । शुरुमा खासै संक्रमण नफैलिएको उपत्यकामा पछिल्लो समय दिनहुँ सबै भन्दा धेरै संक्रमित हुन थालेका छन् । उपत्यका भित्र पनि काठमाण्डौ अझ बढी जोखिममा रहेको तथ्याङ्गले देखाएको छ । अहिले दिनहुँ जसो देशभर संक्रमितको कुल संख्या मध्य ४० प्रतिशत बढी उपत्यकाका मात्रै रहेको पाईएको छ ।
आज मात्रै काठमाण्डौमा अहिले सम्मकै धेरै ६ सय २० जना संक्रमित फेला परेका छन् भने भक्तपुर र ललितपुमा समान ३८–३८ जना थपिएका छन् । आजै मात्र उपत्यकामा ६ सय ९६ पुगेका छन् । यो सगैँ उपत्यकामा संक्रमितको संख्या करीब ११ हजार छ ।